Dhulikhel Eco Banner new

‘साना व्यवसायीलाई समेट्ने नेतृत्व आउनु पर्छ’

5.75K
shares

काठमाडौं, १८ असोज । उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व जिल्ला नगरका वास्तविक मुद्दाहरुलाई सम्बोधन गर्ने खालको आउनु पनेए उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण बहादुर मोक्तानले जनाएका छन् । केटिएम भ्वाइससँग कुरा गर्दै अध्यक्ष मोक्तानले साना ताथा ठुला व्यवसायीहरुलाई समेट्ने खालको नेतृत्व आउनु पर्ने बताएका हुन् ।

‘माथी बसेर ठुला ठुला व्यवसायीलाई मात्र नहेरी जिल्ला नगरमा भएका साना साना व्यवसायीको आवश्यकताहरुलाई पनि ख्याल गर्न सक्ने खालको नेतृत्व आयो भने राम्रो हुन्छ,’ उनले भने । बैंकहरुमा बढेको ब्याजले समग्र क्षेत्रको नराम्रोसंग ढाड सेकेको भन्दै यसको सबैभन्दा ठूलो मार साना व्यवसायीलाई परेको उनको भनाई छ ।

ठूला उद्योग धन्दा गर्ने व्यवसायीले हाम्रो एसोसिएट सम्हालिरहेका छन् जसका कारण साना र जिल्ला नगरका व्यवसायीका समस्याका विषय कसैले पनि नउठाएको उनले गुनासो गरे । ठूला व्यवसायीहरुको बैंकमा समेत लगानि रहेको छ । जसले गर्दा ठूला व्यवसायीहरुले त्यसको मर्का थाहा नै नहुने उनले बताए ।

हामी साना उद्योग चलाउनेहरुले त प्याकेजिङ मात्र गर्ने हो कच्चा पदार्थहरुको संकलन गर्ने भन्दा पनि बाहिरी देशबाट कच्चा पदार्थ मगाएर काम गर्ने प्रविृतिले गर्दा हाम्रो समग्र देशको जिडिपी समेत बढ्न नसकेको उनले बताए । हाम्रो ग्रामीण क्षेत्रमा भएका साना तथा मझौला उद्योगहरु वा यही देशमा उत्पादन हुने कच्चा पदार्थबाट सञ्चालन गर्न नसक्दा पनि यस्तो स्थिति आएको उनले बताए ।

‘बैंकहरु पनि उहाँहरुकै नेतृत्व हुने भएका कारणले गर्दा उहाँहरुलाई समस्या नै छैन । हामी जस्ता जिल्ला नगरमा भएका साना उद्योगहरुलाई भने बैंकको यस्तो चर्को ब्याजले ढाड सेकेको छ,’ उनले भने । भोजपुर साना–साना उद्योगहरुका लागि अत्यन्त उपयुक्त ठाउँ भएको उनको भनाइ छ ।

यहाँ खुकुरी बनाउन, बाँसका सामानहरु निमार्ण गर्न काठका भाडाकुडाहरु बनाउन प्रख्यात ठाउँ हो । अहिले फलफुल र तरकारी उत्पादनमा पनि निकै अघि बढेको छ । यस्लाई प्राथमिकतामा राखेर विकास गर्न सकियो भने धेरै राम्रो हुन्छ । तर यसप्रति सरकारले पनि कुनै ध्यान दिएको छैन । अहिले हाम्रो व्यवसाय पनि ६० प्रतिशत घटेको छ । यसले गर्दा अप्ठ्यारो स्थिति रहेको छ ।