बारामा बस दर्घटना, १४ जनाको मृत्यु
वि.सं.२०७९ असोज २० बिहीवार १३:२०
shares

काठमाडौं, २० असोज । बारामा बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो ।
बस दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरी अस्पताल पुर्याइएको र उनीहरुको अस्पतालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । १२ जनाको हेटौंडा अस्पतालमा, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्युहुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।



















