Dhulikhel Eco Banner new

सन्दीपलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने

6.1K
shares

काठमाडौं, २० असोज । नेपला राष्ट्रिय क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने भएको छ । एक नाबालिकालाई बलत्कार गरेको आरोप लागेका लामिछानेलाई प्रहरीले आज पक्राउ गरेको हो ।

विदेशबाट फर्किने क्रममा उनलाई त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार (भोलि) सम्म दशैँको बिदा तथा पर्सि शनिबार भएकाले लामिछानेलाई म्याद थपका लागि आइतबार मात्रै अदालतमा उपस्थित गराइने भएको हो ।