Dhulikhel Eco Banner new

बारा बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

5.21K
shares

काठमाडौं, २० असोज । बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएसँग मृतकको संख्या १५ पुगेको हो ।

घाइतेभएका मध्ये हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । त्यस्तै चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ९ पुरुष र ६ जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । अझै पनि २० जना घाइते भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।