Dhulikhel Eco Banner new

बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो

5.37K
shares

काठमाडौं, २० असोज । बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएसँग मृतकको संख्या १६ पुगेको हो ।

घाइतेभएका मध्ये हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । त्यस्तै चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । त्यस्तै एक जनाको चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।