Dhulikhel Eco Banner new

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

3.74K
shares

काठमाडौं, २७ असोज । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमिति दिएको छ । पहिलो पटक ७ दिनको समय दिएको अदालतले आज पुनः ५ दिन थप गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको हो ।

लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई २४ गते अदालतमा उपस्थित गराइएको थियो र पक्राउ गरेको मितिले ७ दिन थुनामा राख्न अनुमिति दिइएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । ७ दिन समय माग गरिएको भए पनि पाँच दिन समय थप भएको हो ।