समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स बीच मर्जर सम्झौता
वि.सं.२०७९ असोज २७ बिहीवार ११:५४
shares

काठमाडों, २७ असोज । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मर्जरमा जनो विषयमा दुबै संस्था बीच बुधबार प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
समीट लघुवित्तको १०० कित्ता सेयर बरावर नेशनल माइक्रोफाइनान्सको ८२ कित्ता कायम हुने गरी मर्जर सम्झौता भएको नेशनल माइक्रोफाइनान्सका प्रमुक कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी दिए । संस्थालाई थप बलियो, सक्षम र दिगो बनाएर अगाडि बढाउनका लागि मर्जरमा जाने सम्झौता भएको उनको भनाइ छ ।
सम्झौताअनुसार मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने छन् । भने मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ ।
मर्जर पछि संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयौभन्दा बढी हुने छ । लघुवित्तको ग्राहक सदस्य संख्या २ लाख बढी र कर्जा प्रवाह १७ अर्ब बढी पुग्ने छ । संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने बताइएको छ ।















