घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
वि.सं.२०७९ कात्तिक २ बुधवार १०:५८
3.82K
shares
shares

काठमाडौं, २ कात्तिक। आज बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य घटेर प्रतितोला ११७५ रुपैयाँ मूल्यमा कारोवार भैरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।















