Dhulikhel Eco Banner new

गणपति लघुवित्तको कामु सीईओमा बिष्णु प्रसाद ढकाल

4.49K
shares

काठमाडौं, २ कात्तिक । गणपति लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बिष्णु प्रसाद ढकाल चयन भएका छन् ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले दिएको राजीनामा स्वीकृती गरी कात्तिक १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साथै कम्पनीले कात्तिक १ गते देखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख गरेको छ