Dhulikhel Eco Banner new

रु रु जलविद्युतको कात्तिक ४ गते साधारणसभा, के-के छन् प्रस्ताव ?

3.76K
shares

काठमाडौं, २ कात्तिक । रु रु जलविद्युत् परियोजना लिमिटेडको १७औं वार्षिक साधारणसभा  कात्तिक ४ गते हुने भएको छ ।

सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे शुरू हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।