Dhulikhel Eco Banner new

सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

11.78K
shares

काठमाडौं, ८ कात्तिक । तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्चित छन् ।

समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन ।

हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छिन। “यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ”, उनले भनिन्, “गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ ।”