Dhulikhel Eco Banner new

सियोल भागदौडमा नेपाली परेको जानकारी आएको छैन : दूतावास

5.76K
shares

काठमाडौं, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडको घटनामा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको त्यहाँको नेपाली दूतावासले जनाएको छ । गएराति भएको भागदौडमा कुनै पनि नेपाली परेको विषयमा कुनै जानकारी नआएको र सो स्थानमा नेपाली श्रमिकको कार्यस्थल समेत नरहेको दुतावासले जनाएको छ ।

दुर्घटना भएको स्थल सियोलको पर्यटकीय स्थल भएकाले त्यस ठाउँमा नेपालीहरु घुम्न जाने सम्भावना भने रहेको बताइएको छ । शनिवार राति सियोलमा हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड मच्चिएको थियो । भाडदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेको खबरमा उल्लेख छ । सडकमा १ लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो ।