Dhulikhel Eco Banner new

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान

5.27K
shares

काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकि छन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।