Dhulikhel Eco Banner new

१२ वर्ष जेल सजाय दाबी सहित सन्दीप विरुद्ध मुद्दा दायर

6.23K
shares

काठमाडौं, १४ कात्तिक । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । तीन पटकसम्म म्याद थप गरी प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान गरेको थियो । तिहार पछि कार्याल खुलेको पहिलो दिन नै प्रहरीले सन्दी विरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्‍याएर र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।