Dhulikhel Eco Banner new

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

4.81K
shares

काठमाडौं, १५ कात्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई डिपीले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताए । प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । उनले भने, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत समाजिक र आर्थिक विकासमा समेत टेवा पुयाएको छ ।”

डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको खेल संयोजक भाइकुमार गुरूङले बताउनुभयो । यसपटकको प्रतियोगितामा १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा जनाइएको छ ।