ललितपुर ३ मा एमालेको अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:०२
4.08K
shares
shares

काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका बनाएका छन् । सोमबार बिहान प्राप्त परिणामअनुसार खड्काले २९८ मत ल्याएर अघि भएका हुन् ।
खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्कीले पछ्याइरहेकी छिन् । उनले १०१ मत ल्याएकी छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले यो क्षेत्रमा १ मत मात्र प्राप्त गरेकी छन् ।















