GBIME

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अग्रता

630
shares

काठमाडौं, ५ मंसिर । मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई पछि परेकी छिन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका छन् ।

पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् । सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।