ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो
वि.सं.२०७९ मंसिर ७ बुधवार ०९:४८
5.92K
shares
shares

काठमाडौं, ७ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।
बुधवार बिहान सार्वजनिक मतपरिणाम अनुसार कार्कीले १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाएका छन् ।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसालले ५ हजार ४५६ मत पाएकी छन् ।



















