भक्तपुर १ मा प्रेम सुवाल विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ११:१०
4.9K
shares
shares
फाइल फोटो
काठमाडौं, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएर विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।

















