नेपाल र भारतवीच बैंक तथा वित्तीय क्षेत्रको पार्टनरसीप समिट भोलि काठमाडौंमा
वि.सं.२०७९ मंसिर ८ बिहीवार १८:४९
shares

काठमाडौं, ८ मंसिर । नेपाल र भारतका बैंक तथा वित्तिय क्षेत्रमा हुनसक्ने सम्भाव्य सहकार्य र नीतिगत सुधारबाट यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ भोलि काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ हुने भएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने छन् ।यस समिटको मुख्य उद्देश्य दुईदेश बीचका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ ।
दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने रहेको छ ।
बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा पार्टनशीप समिट हुन लागेको हो ।
पाँचवटा सत्रमा विभाजित एक दिने समिटमा दुई देशका बैंक तथा वित्तिय क्षेत्रका विज्ञहरुबाट कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । सम्मेलनमा नेपाल र भारतका बैंक तथा वित्तिय क्षेत्रका वरिष्ठ कर्मचारीहरुको सहभागिता रहनेछ ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर बमबहादुर मिश्रले अध्यक्षता गर्नुहुनेछ । यस सत्रमा विषय विज्ञकोरुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपालको प्रतिनिधित्व गर्ने छन् । त्यसैगरी अनुकुल भट्नाकर र सुदिन राय चौधरीले भारतको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
समिटको तेस्रो सत्र पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अध्यक्षता गर्नु हुनेछ ।
यस सत्रमा डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रधुमन पोखरेल, नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधर, नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसविआइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडि रिजवान आलम र एफ वान सप्टका अध्यक्ष विश्वास ढकालले नेपालको तर्फबाट आफ्नो भनाईहरु राख्नेछन् ।
त्यसैगरी भारतको तर्फबाट केएलएसएन राव अध्यक्ष साउदन इण्डिया बैंकस स्टाफ ट्रेनिङ कलेजका प्रिन्सिपलले प्रतिनिधित्व गर्नेछन् ।
चौथो सत्रमा विएफएसआइ विज्ञ, नेपाल एसविआई बैंकका पूर्व प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नाकरले गर्नेछन् । यस सत्रमा इन्भेष्टमेट बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले इन्भेष्टमेण्ट क्लाइमेट इन नेपाल विषयमा किनोट स्पिच दिने कार्यक्रम रहेको छ ।
यस सत्रमा नेपाल एसविआइ बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारतको तर्फबाट सिमा जागरण मार्च भारतका उद्यमी एवं संयोजक महेश कुमार अग्रवालले प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको अन्तिम सत्र नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्शका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गर्नेछन् ।
यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले इण्डष्ट्रियल रिलेशन विटुइन नेपाल एण्ड इण्डिया विषयमा किनोट स्पिच दिनेछन् ।
यसै सत्रमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, ट्रेड एण्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवी रायवरम, डावर नेपाल लिमिटेडका विजनेश हेड एचएस वेदी र कान्तिपुर पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत महेश स्वारले आ-आफ्नो विषयमा धारणाहरु राख्नेछन् ।
यस कार्यक्रमलाई सफल बनाउन नेपाल बैंक लिमिटेडले टाइटल स्पोन्सर गरेको छ भने मुख्य स्पोन्सरकोरुपमा नेपाल एसविआइ बैंक लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, नेशनल इन्स्योरेन्स र भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलिया रहेका छन् ।
कार्यक्रमको सहप्रायोजककोरुपमा लक्ष्मी बैंक, नविल बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र केयर रेट्रिङ नेपाल रहेका छन् । सहप्रायोजकको रुपमा डिभनवाइ अन्तर्गत नेक्सन इभि, इकमर्श पार्टनर दराज रहेको छ ।















