काभ्रे २ मा गोकुल बास्कोटा विजयी
वि.सं.२०७९ मंसिर ९ शुक्रवार १४:१८
6.06K
shares
shares

काठमाडौं, ९ मंसिर । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा विजयी भएका छन् । बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग ५ हजार ८६३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
बास्कोटाले ४५ हजार ३४५ मत प्राप्त गरे भने हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गरे । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत प्राप्त गरे ।

















