Dhulikhel Eco Banner new

युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम म्याद

4.89K
shares

काठमाडौं, १५ मंसिर । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारणसभा डाकेको छ। सो सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।