Dhulikhel Eco Banner new

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

4.06K
shares

काठमाडौं, १७ मंसिर । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

यस्तै प्रदेशसभा १० मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेका छन् । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

यसैगरी प्रदेशसभा २० मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राखेका छन् ।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभाका निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बनेका थिए थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन ।