Dhulikhel Eco Banner new

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

3.8K
shares

काठमाडौं, १८ मंसिर । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी रु. १,३२,६६,१४,३५५ को १०.०० (दस) प्रतिशतका दरले बोनस शेयरको रुपमा लाभांश  १३,२६,६१,४३६ प्रदान गर्ने, तथा प्रस्तावित उक्त बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.५२६३१५८ प्रतिशतका दरले रु.६९,८२,१८१नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।