Dhulikhel Eco Banner new

सनराइज फोकस्ड इक्वीटी फण्डले इकाई निष्काशन गर्ने

4.26K
shares

काठमाडौं, २१ मंसिर । सनराइज फोकस्ड इक्वीटी फण्डले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि मङ्सिर १९ गते सेबोनबाट स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले रू।१० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।