Dhulikhel Eco Banner new

प्रभु बैंकले पुस १४ गते साधारणसभा गर्दै, केके छन् एजेण्डा ?

3.71K
shares

काठमाडौं, २२ मंसिर । प्रभु बैंकले पुस १४ गते साधारणसभा गर्ने भएको छ । बैंकले सभा आफ्नै केन्द्रीय कार्यालयमा गर्ने भएको हो । सभामा लाभांश तथा सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।