अध्यागमनको सर्भर डाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सबै उडान बन्द
वि.सं.२०७९ माघ १४ शनिवार १५:३५
shares

काठमाडौं, १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा करिब एक घण्टाअगाडिबाट सबै उडान बन्द भएका छन् ।
विमानस्थलमा उडानका लागि तयार रहेका ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् ।
गृह सरकारी अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

















