कामना विकास बैंकको कामु सीईओमा विनय दाहाल
वि.सं.२०७९ माघ १५ आइतवार १२:०१
4.5K
shares
shares

काठमाडौं, १५ माघ । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन ।
बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आजबाट लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी पाएका हुन् ।


















