Dhulikhel Eco Banner new

अपि पावरले पायो हकप्रद शेयर निष्काशन गर्न सहमति

5.41K
shares

काठमाडौं, १५ माघ । अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न नियमनकारी निकाय विद्युत नियमन आयोगबाट सहमति पाएको छ ।

कम्पनीको माघ २ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस शेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड बत्तीस लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने निर्णय बमोजिम हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएको हो ।

अब आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद शेयर  निष्काशन तथा बिक्री गरिनेछ ।