Dhulikhel Eco Banner new

श्रृजनशील लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो

3.95K
shares

काठमाडौं, ३ फागुन । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशत घटेको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ करोड २७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ६५ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा प्रभावित भएको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ४९ दशमलव ४८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ६८ लाख रहेकोमा चालू आवमा रू.२ करोड ३६ लाखमा सिमित भएको हो ।

कम्पनीको चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १० करोड ४५ लाख र रिटेन्ड अर्निङमा रू. १२ करोड १८ लाख सञ्चित गरेको छ ।

कम्पनीले रू. १ अर्ब १८ करोड सापटि लिएर,रू. ९० करोड ५२ लाख निक्षेप संकलन गरेर रू.२ अर्ब ४० करोड भन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड २९ लाख रहेको छ ।

प्रतिशेयर आम्दानी रू. ३० दशमलव २९(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७५ दशमलव ५६ गुणा,तरलता अनुपात १६ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४९ दशमलव ६७ रहेको छ ।