हिमालयन डिष्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ फागुन ४ बिहीवार १४:३०
5.63K
shares
shares

काठमाडौं, ४ फागुन । बिहीवार नेप्सेमा हिमालयन डिष्टिलरी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ९१ लाख १० हजार ८७४ दशमलव ९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

















