Dhulikhel Eco Banner new

माघ महिनामा २५ अर्बले बढ्यो बैंकको निक्षेप संकलन

5.8K
shares

काठमाडौं, ४ फागुन । नेपालका बैंकहरुले माघ महिनामा २५ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनामा बैंकहरुको निक्षेप संकलन २५ अर्बले बढेर ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

बैंकहरुमा पुस मसान्तसम्म ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । माघ महिनाको पहिलो हप्ता निक्षेप संकलन घटेको थियो भने त्यस पछिका हप्तामा लगातार रुपमा बैंकको निक्षेप संकलन बढेको हो । माघको पहिलो हप्ता बैंकको निक्षेप ४७ खर्ब ८ अर्ब रहेको थियो । त्यस पछि दोस्रो हप्ता ४७ खर्ब २० अर्ब पुगेको थियो भने तेस्रो हप्ता ४७ खर्ब २३ अर्ब पुगेको थियो । माघ महिनाको २७ गतेसम्म बैंकको निक्षेप संकलन ४७ खर्ब २७ अर्ब रहेको थियो । त्यस पछिको दुई दिनमा मात्रै १४ अर्बले निक्षेप संकलन बढेको छ ।

माघ महिनामा पुस महिनाको तुलनामा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । पुस मसान्तमा ४२ खर्ब ७८ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुले माघ महिनामा थप १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्म बैंकहरुले ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।