Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको शेयर फुकुवा

4.34K
shares

काठमाडौं, ८ फागुन । ग्लोबल आइएमई बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । साविकको बैंक अफ काठमाण्डूको शेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएसँगै कारोबार फुकुवा भएको हो ।

यी दुई बैंक एक आपसमा मर्ज भएपछि कारोबार रोक्का भएको थियो । मर्जर पश्चात बैंक अफ काठमाडाण्डूको नाममा रहेको ११ करोड २६ लाख १४ हजार ३३७.१६ कित्ता शेयर ग्लोबल आइएईका नाममा नेप्सेमा सूचिकृत भएको हो । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।

बैंकको शेयरलाई नेप्सेले २०९ रुपैयाँ ४२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा बैंकको शेयर कारोबार सुरु हुनेछ ।