Dhulikhel Eco Banner new

मोलुङ खोला हाइड्रोपावरको आइपीओमा ११ लाख बढीको आवेदन

6.4K
shares

काठमाडौं, ८ फागुन । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले फागुन ४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सोमबार साँझ ५ बजेसम्म ११ लाख ४४ लाख १३९ जनाको आवेदन परेको हो ।

सोमबार साझसम्म १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ५९ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो । सोमबार साझसम्म कम्पनीको आईपीओमा ५.६७ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन् । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । कम्पनीको शेयरमा आवेदन दिने म्याद फागुन १० गतेसम्म रहेको छ ।