‘पर्यटन प्रवद्र्धनका लागि देशको ब्राण्डिङ गर्न आवश्यक’
वि.सं.२०७९ फागुन ८ सोमवार १९:०४
shares

काठमाडौं, ८ फागुन । नेपालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमले सोमबार आयोजना गरेको नेपालको पर्यटन उद्योगको विकास र सफलताको लागि सहकार्य कार्यकाशालामा बोल्ने वक्ताहरुले पर्यटन विकासका लागि ब्राण्डिङ गर्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागिहरुले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास, पर्यटन मन्त्रालय, बोर्ड तथा गैरआवासयि नेपाली संघबीच समन्वयको खाँचो रहेकोमा जोड दिए । कार्यक्रमा विभिन्न देशका पूर्व राजदुतहरुले सुझाव सहितको धारणा व्यक्त गरेका थिए ।

सो कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरीक उड्ड्यन मन्त्री सुदन किरातीले पूर्व राजदूतहरुको सुझावलाई एकिकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताए । नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिनु पर्ने उनको भनाइ थियो । मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले ससोधन पछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा पूर्व राजदूतहरु डा. सुरेशचन्द्र चालिसे, मोहन कृष्ण श्रेष्ठ, मधुरमण आचार्य, लक्की शेर्पा, डा. अन्जन शाक्य, रमेश कोईराला, पद्युम्न विक्रम शाह, युवनाथ लुईटेल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपुर्ण क्षेत्र भएको उल्लेख गर्दै देश अन्ुसार बजारकिरणको रणनीति आवश्यक रहेको बताएका छन् ।
नेपालको पर्यटन प्रवद्र्धनका लागी विभिन्न देशमा रहेर काम गर्दाका अवसर , चुनौती र समन्वयमा भएको कमिलाई समेटेर समग्र नेपालको पर्यटन प्रवद्र्नमा अगाडी बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको एनआरएनए, नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए ।

















