Dhulikhel Eco Banner new

‘चुनावको बेला आश्वासन आउँछ, जितेपछि फोन पनि उठ्दैन’

5.69K
shares

काठमाडौं, ९ फागुन । पछिल्लो समय व्यवसायीहरुले निकै जर्को रुपमा उठाएको विषय हो बैंकको ब्याजदर । बढेको ब्याजदरका कारण व्यवसायीहरुले आत्महत्या सम्म गर्नु पर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले सजब वातापरण निर्माणका लागि सरकारसँ लगातार रुपमा माग गरिरहेका छन् । पछिल्लो समय व्यवसायीले भोग्दै आएका समस्या र नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका विषयमा केन्द्रित रहेर केटिएम भ्वाइसले खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

हाल व्यावसाय सञ्चालनमा के कस्ता कठिनाइहरुकाे सामना गर्नु परेकाे छ ?
हाल व्यापार व्यासायमा मन्दीको अवस्था छ । सोचेजस्तो व्यवसाय हुन सकेको छैन । सोचेतस्तो व्यवसाय हुन नसकेकाले व्यवसायीहरु निराश भएको अवस्था छ । बजारमा देखिएको तरलता अभावले उपभोक्ताहरुको क्रयशक्तिमा ह्रास आएको छ ।

पछिल्लो समय बढेको ब्याजदरले त व्यवासायीको ढाड नै सकेको छ । यो अवस्थामा पनि बैंकहरुले मागेको जति ऋण प्रवाह गर्न पनि सकेका छैनन् । जसका कारण व्यवसाय ठप्प जस्तै रहेको छ ।

खोटाङ जिल्लाको मुख्य व्यावसायहरु के–के छन् ?

जिल्लामा यही उत्पादन हुने वस्तु खासै छैनन । बाहिरबाट खरिद गरेर ल्याएको वस्तुको बिक्री गर्ने मात्रै हो । खरिद गरेर ल्याएको सामान बिक्री गर्नु नै मुख्य व्यवसाया हो यहाँको । जिल्लामा हुने भनेको खाद्यान्न लताकपडाको व्यापार नै हो ।

सबै व्यवसाय समस्यामा रहेको समयमा जिल्लाका साना व्यवसायीहरु त अझ बढी मारमा परेको अवस्था छ । सबै वस्तुको मूल्यमा भारि मात्रामा वृद्धि भएको छ । जसले उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ । यो अवस्था आउनुको मुख्य कारण भनेको बैंकको बढेको ब्याजदर नै हो ।

बैंकको ब्याजदर बढ्ने बाहेक व्यवसायीका अरु समस्याहरु के के छन् ?

अहिलेको समस्या भनेको नै बैंकको ब्याजदर बढ्नु हो । ब्याजदर बढेपछि व्यवसायीहरुलाई निकै गारो हुने भयो । व्यवसायीका लागि यो भन्दा ठूलो समस्याको विषय अरु के हुन सक्छ र ? व्यवसायीले तिर्नु पर्ने किस्ता र ब्याज तिर्न समेत समस्या भइरहेको छ । एका तिर बैंकको ब्याज बढेको छ भने अर्कोतिर व्यापार नहुदा व्यवसायीहरुले कर्जाको ब्याज तिर्ननका लागि निकै समस्या भइरहेको छ ।

नाफा कमाएर ब्याज र किस्ता तिर्नु पर्ने व्यवसायी व्यापार नहुँदा निकै समस्यामा छन् । यसरी भन्दा बैंकको ब्याजदर बाहेक अहिले उपभोक्ताको क्रयशक्तिमा गिरावट आउँदा थप समस्या भइरहेको छ । घाटामा व्यवसाय गरेर कसरी बैंकको ब्याज र किस्ता तिर्नु ?

बैंकको ब्याजदर बढेको विषयमा राज्यले के गरेको खण्डमा तपाइहरु जस्ता व्यवसायीलाई सहज हुन्छ ?

पछिल्लो समय बजारमा तरलता अभाव देखिएको छ । यस्तो अवस्था आउनुको मुख्य कारण भनेको विकास खर्च हुन नसक्नु प्रमुख कारण हो । यो समस्या समाधानका लगि राज्यले विकास खर्च बढाउनु पर्ने हुन्छ । त्यस्तै रोजगारी सिर्जना गर्ने, साधारण खर्च नियन्त्र गर्ने, भ्रष्टातार नियन्त्रण गर्ने काम गर्नु पर्ने हुन्छ । साथै राज्यको काम भनेको आयोजनाहरुको अनुगमन गरेर सहि ढंगले काम भए नभएको अनुगमन गर्नु पर्ने दायित्व पनि राज्यको हो । समयमा काम सम्पन्न गरेर भुक्तानी भएको खण्डमा बजारको तरलता अभाव समाधान हुने थियो ।

आयोजना निर्माणका लागि निकै लामो समय लाग्ने कारणले पनि समस्या भइरहेको छ । यसका लागि राज्यले विशेष ध्यान दिनु पर्ने हुन्छ । ५ वर्षका योजना सम्पन्न गर्नका लागि २० औँ वर्ष लाग्ने गरेको छ । यस्ता योजनाहरुलाई समयमा सक्नका लागि राज्यको ध्यान दिनु पर्ने देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि आउँदै छ । अबको नेतृत्व कस्तो आउनुपर्छ ?

नेतृत्वमा सक्षम र व्यवसायीका कुरा बुझ्ने व्यक्ति आउनु पर्छ भन्ने हो । खास गरि साना तथा मझौला व्यवसायीहरुका समस्या समाधान गर्न सक्ने नेतृत्व आउनु पर्छ भन्ने मेरो भनाइ हो । अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनने विधानमा व्यवस्था रहेको छ । जसले गर्दा वरिष्ठ उपाध्यक्षमा बढी प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष पद कार्यकारी होइन त र अहिले अध्यक्ष बन्नका लागि यो पदलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष बनेको व्यक्ति अर्को कार्यकालको अध्यक्ष हुने भएकाले पनि यसमा प्रतिस्पर्धा बढी देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष बन्दाको र अध्यक्ष बन्दाका एजेण्डा नै फरक पर्ने हुन्छ । जसले गर्दा महासंघको नेतृत्वले काम गर्न नसकेको जस्तो लाग्छ । यो प्रक्रिया नै गलत रहेको छ । यसलाई नै सुधार गर्नु पर्ने हुन्छ । अध्यक्षले आफूले गर्ने कामहरुको विषयको लिस्ट गर्छ । अनि सरकारसँग यो विषयमा यसरी कुरा गर्छु भनेर व्यवसायीको मन जित्नु पर्ने भए पनि अहिले त्यस्तो हुन सकेको देखिदैन । वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्दा अहिलेको परिस्थितिमा परिवर्तन आउन सक्दैन ।

अहिलेको नेतृत्वले के गर्नु पथ्र्यो र के गर्न सकेन ?

अध्यक्षमा स्वतः निर्वाचित हुदा तल्लो तहका व्यवसायीप्रति त्यो नेतृत्वले ध्यान दिन नसकेको हो कि जस्तो देखिएको छ । वरिष्ठ उपाध्यक्ष बनेपछि अध्यक्ष बन्ने निश्चित भएपछि र अध्यक्ष बनेपछि पनि व्यवसायीका समस्याका विषयमा नेतृत्वले ध्यान दिन नसकेको आभास भएको छ ।

घर घरमा ठुलो उद्योगपति, ठुलो बिजिनेसम्यान, ठुलो आर्थिक हैसियत भएको व्यक्तिहरु महासंघको नेतृत्वमा जानुहुन्छ । उहाँहरुको र जिल्ला नगरमा काम गर्ने व्यवसायीहरुको समस्या निकै फरक हुन्छ । जसले गर्दा जिल्ला नगरका व्यवसायीहरुका समस्या समाधान हुन नसकेको हो ।

हामीले चुनाव हुनेबेलामा अधिवेशनमा हाम्रो कुराहरु उठाउने हो । उहाँहरुले हुन्छ भनेजस्तो गर्नुहुन्छ पछि फोन पनि उठाउनु हुँदैन । अधिवेशनको समयमा आठ दस दिन खुवाउने झुलाउने काम हुन्छ । त्यस पछि व्यवसायीका कुरा सुन्ने काम त परको भयो फोन पनि उठ्दैन । भेट्नका लागि पनि निकै गारो हुने गर्छ । जिल्ला नगरका समस्या नेतृत्वमा रहेका व्यक्तिहरुसम्म पु¥याउनका लागि नै निकै समस्या भइरहेको छ ।

अब आउने नेतृत्वबाट के अपेक्षा छ ?

अहिलेको वरिष्ठ उपाध्यक्षर्ला हामीले पटक पटक समस्याहरु राखेर नै फोट दिएका हौँ । उहाँले पनि अब म पुराना कुरालाई पुनरावृत्ति गर्दिन भन्नु भएको थियो । सुधार गर्छु भनेका कारणले उहाँलाई भोट पनि दिइएको हो । जिल्ला नगरका व्यवसायीका समस्या समाधान गर्नका लागि नेतृत्वले भुमिका खेल्नु पर्छ भन्ने हाम्रो अपेक्षा हो ।

वरिष्ठ उपाध्यक्षमा भोट माग्दा जिल्ला नगरका समस्या समाधान गर्छु भन्नु भएको थियो अब नेतृत्वमा जादै हुनुहुन्छ के गर्नु हुन्छ हेर्नु पर्छ । उहाँको अहिलेसम्म सबै ठिकै छ । उपाध्यक्ष हुँदासम्म सबै ठिकै हुन्छन् । तर अध्यक्ष भएपछि भने उहाँहरुको व्यवहार फरक हुने गरेको छ ।

अबको वरिष्ठ उपाध्यक्षमा पनि चार चार जनाको प्रतिस्पर्धा देखिएको छ अब तपाईहरुले जिल्ला नगरको विशेष समस्याहरुलाई हेर्न सक्ने गरीको नेतृत्व छान्नुुपर्दा तपाई कसलाई छान्नुहुन्छ ?

अहिले नै यसलाई छान्ने भन्ने निर्कोल भैसकेको छैन । अब उहाँहरुले पनि आफ्नो कुराहरु बाहिर ल्याउनुहुन्छ त्यसपछि उहाँले विगतमा निर्वाह गर्नुभएको भुमिकाहरुको मुल्याङ्कन गरेर नै निर्णय गछौँ । अहिले नै यो भन्दा त्यो राम्रो भन्न सक्ने अवस्था भने छैन ।

महासंघको नेतृत्का लागि तपाईको तयारी के छ ?

यस विषयमा मैले अहिले नै सोचेको छैन । अझै पनि समय बाँकी रहेको छ । चुनावको दिनसम्म के हुन्छ अहिले नै भन्न सक्ने अवस्था भने छैन् ।