Dhulikhel Eco Banner new

वैदेशिक रोजगार कसूरमा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैद

5.95K
shares

काठमाडौं, २३ फागुन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई न्यायधिकरणले दाषी ठहर गरेको छ । न्यायधिकरणले भण्डारीलाई ६ महिना कैद र १ लाख जरिवाना गरेको हो । भण्डारी औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका छन्

न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो । यो मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्रेसका कामदार मनिलकुमार महर्जनले भने सफाइ पाएका छन् ।

भण्डारीले दुबइस्थित रोजगारदाता कम्पनी ’टिम फर्निचर’ को लट नं. ९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरुलाई दोषी किटान गरेको हो ।