Dhulikhel Eco Banner new

छिमेक लघुवित्तको शेयर मूल्य समायोजन

5.54K
shares

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार २३ को आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८३८ दशमलव ५२ तोकेको छ ।

यही मूल्यका आधारमा कम्पनीको शेयर बिहीवार कारोबारमा आउनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत १० गते साधारण सभा बोलाएको छ । सभा मकवानपुरको हैटौंडा स्थित होटल सामना प्रालिको सभाहलमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको हो ।