Dhulikhel Eco Banner new

तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी चैत १० बाट

5.3K
shares

काठमाडौं, ६ चैत । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी यहि चैत १० गतेबाट आयोजना हुने भएको छ । तीन दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० बढी स्टलहरु रहेन आयोजकले जनाएको छ ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिब्, प्याकेजिब्र प्रोसेसिब्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्देश्यले एक मात्र उद्योग–व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी भएको बताइएको छ ।

उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधिहरुले प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास गरिएको छ । उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उद्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट तथा सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकको विश्वास छ ।

यो प्रदर्शनीको सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिब् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिब्, ईन्डक्सन मोल्डिब् मसिन, प्रिन्टिब्मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिब्स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिब्मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।