बाघको आक्रमणबाट दुई जनाको मृत्यु
वि.सं.२०७९ चैत ६ सोमवार १९:५८
shares

काठमाडौं, ६ चैत । बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट दुई जनानको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका ५ की ५० वर्षीया धनसर गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनानाएको छ । नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघले आक्रमण गर्ने हो । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ ।














