Dhulikhel Eco Banner new

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

4.78K
shares

काठमाडौं, १७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोल अनतरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।

नेपालको लागि आयुष घलान र मनिष डाँगीले एक-एक गोल गरे । लाओसका लागि फाउचाङभोङले एक गोल गरे । खेलमा अग्रता भने पाहुना टोलि लाओसले लिएको थियो । पहिलो हाफमा एक–एक गोलको बराबरीमा सकिएको खेलको ८७ औँ मिनेटमा मनिषले गोल गर्दै नेपाललाई जित दिलाए ।

पहिलो खेलमा पनि नेपालले लाओसलाई पराजित गरेको थियो । उपाधि सहित नेपाली टोलिले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । लाओस भने ३ हजार डलर पाएको छ ।