Dhulikhel Eco Banner new

इन्धनको मूल्य घट्यो, डिजेल र मटीतेल १० तथा पेट्रोल ३ रुपैयाँले सस्तियो

4.63K
shares

काठमाडौं, २० चैत । नेपाल आयाल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाएको हो ।

निगमले डिजेल र मटीतेलको मूल्यमा १०/१० रुपैयाँ तथा पेट्रोलको मूल्यमा ३ रुपयाँ घटाएको छ । अब पेट्रोलको मूल्य लिटरमा १७५ रुपैयाँ कायम भएको छ । त्यस्तै मटीतेल र डिजेलको मूल्य १६५ रुपैयाँ लिटर कायम भएको छ ।

त्यस्तै आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य पनि १० रुपैयाँले कम भएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ । खाना पकाउने ग्यासको मूल्य १ हजार ८०० रुपैयाँ रहेको छ ।