Dhulikhel Eco Banner new

कोरोना संक्रमितको संख्या बढ्दै, आइतबार थप ५५ जनामा संक्रमण पुष्टि

6.31K
shares

काठमाडौं, २६ चैत । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार २१६ जनाको नमुना परिक्षण गर्दा ५५ जनामा संक्रम पुष्टि भएको छ । जसमा ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रम पुष्टि भएको हो ।

योसँगै नेपमाल संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १३ जना छन् । यस्तै ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ४ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै कोरोनाबाट ११ जना निको भएर घर फर्किएका छन् । शनिबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।