पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक बर्षा हुने
वि.सं.२०७९ चैत २९ बुधवार १०:५०
4.39K
shares
shares

काठमाडौं, २९ चैत । आज(बुधबार) मुलुकको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका केही स्थानमा भने आंशिक बदली रहेनछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, बुधवार राती देशका
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।














