Dhulikhel Eco Banner new

वैशाख १ देखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

6.72K
shares

काठमाडौं, २९ चैत । वाणिज्य बैंकहरुको ब्याजलाई लिएर चर्को बहस भइरहेको समयमा निक्षेपको व्याजदर एकल अंकमा झारिएको छ । नेपाल बैंकर्स संघको बुधबार विहान बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

निर्णय अनुसार नयाँ ब्याजदर १० प्रतिशत भन्दा तल राखेर एकल अंकमा झारिएको छ । वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुने छ । यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।

यो निर्णय अनुसार बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम हुनेछ । सर्वत्र माग भइरहेको ऋणको ब्याजदरका बारेमा, कर्जाको ब्याजदरका बारेमा भने केही जानकारी सार्वजनिक गरिएको छैन । कर्जाको आधार दर निकालेपछि मात्र यस बारे जानकारी सार्वजनिक हुने बैंकर्स संघले जनाएको छ ।

बैंकहरूमा कर्जा योग्य पुँजी २ खर्ब हाराहारी रहेपनि कर्जा बिस्तारको काम ठप्प छ ।