मतगणना अपडेट : एसाेसिएट उपाध्यक्षमा कडा प्रतिष्पर्धा
वि.सं.२०७९ चैत ३० बिहीवार ०६:५६
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतगणना जारी छ । हालसम्मको मतगणना अनुसार उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् भने जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई समूहबाट सुरकृष्ण वैद्य निर्वाचित भइसकेका छन् । हालसम्मको मतगणना अनुसार उमेशलाल समूहले सदस्यमा धेरै जितेको छ ।
अहिले एसाेसिएट तर्फकाे उपाध्यक्षकाे मतगणना भइरहेको छ । सुरुवाती समयमा अग्रता लिएका भरतराज आचार्य ८ सय मत गणना भइसक्दा भने २४ मतले पछाडि छन् । उनलाई रामचन्द्र संघई समूहबाट उपाध्यक्षकाे उम्मेदवार बनेकी ज्याेत्सना श्रेष्ठले पछाडि पारिरहेकी छिन् । उमेशलाल समूहबाट उपाध्यक्षकाे उम्मेदवार बनेका आचार्यलाई अञ्जन श्रेष्ठको समेत समर्थन छ ।

















