सिटिजन्स बैंकको मधेश प्रदेशमा ‘छैटौँ सम्बन्ध’ कार्यक्रम सम्पन्न
वि.सं.२०८३ मंसिर ३ बिहीवार १०:३७
shares

काठमाडौं, ३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना ग्राहक तथा सरोकारवालासँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले ‘छैटौँ सम्बन्ध २०८३ कन्क्लभ, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ अवर कल्चर, कनेक्टेड अवर पिपुल, इन्जाइजिङ सिटिजन्स’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले बुधबार, मंसिर २ गते मधेश प्रदेशमा उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मधेश प्रदेशका प्रमुख, शाखा प्रवन्धक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मधेश प्रदेशको समृद्धि तथा प्रवर्द्धनका लागि प्रदेशको मौलिकता, सांस्कृतिक सम्पदा र परम्पराको महत्वबारे छलफल गरेका थिए।
कार्यक्रममा आपसी सम्बन्ध सुदृढ गर्दै थप आत्मीय र प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बैंकले जनाएको छ।
यसैबीच, सिटिजन्स बैंकले बैंकिङ सेवामा नवीनता थप्दै विभिन्न डिजिटल तथा प्रविधिमैत्री सेवा विस्तार गरिरहेको जानकारी दिएको छ। बैंकले यसअघि नै फोनपे नेटवर्कसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।
त्यस्तै, बैंकले ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक नवीन बचत खाता तथा डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। साथै, फिलिपिन्सको विशेष सेवा प्रदायक संस्था ‘फिलान्सर सर्भिसेज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। यसका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू र QR स्क्यानमार्फत नगद झिक्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ८५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

















