Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरले १२.७०६ प्रतिशत बोनस र ७७.४५ प्रतिशत हकप्रद शेयर ल्याउने

195
shares

काठमाडौं, ३ मंसिर । सिक्लेस हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई लाभांश वितरणसँगै हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले आगामी मंसिर २७ गते आइतबार पोखराको घारीपाटनस्थित आभ्या क्लबमा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। त्यस्तै, बोनस शेयरको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ः०.७७४५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ। उक्त प्रस्ताव पारित भएमा शेयरधनीले प्रत्येक एक कित्ता शेयर बराबर ०.७७४५ कित्ता हकप्रद शेयर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त सभाले हकप्रद शेयर निष्काशनबाट प्राप्त रकमको उपयोग गर्ने प्रयोजन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

मंसिर १८ गते बुक क्लोज

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने भएको छ।

यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।