Dhulikhel Eco Banner new

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, काराेबार रकम १ अर्ब ६५ कराेड

5.82K
shares

काठमाडौं, ३० चैत । हप्ताको शेयर कारोबार हुने अन्तिम दिन शेयर बजारमा दोहोरो अंककको गिरावट आएको छ । अघिल्लो दिन ९२ अंकले बढेको शेयर बजार बिहीबार भने २९ अंकभन्दा बढीले घटेको हो ।

अघिल्लाे दिन सबै परिसूचकमा हरियाली छाएपछि परिसूचकमा वृद्धि भएको थियो । हप्ताको अन्तिम कारोबार दिनमा भने २९ दशमलव ०७ अंकले घटेर नेप्से परिसूचक १९३४ दशमलव ४७ विन्दुमा पुगेको छ । बिहीबार २७० कम्पनीका ४९ लाख १३ हजार ७०२ कित्ता शेयर किनबेचबाट १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै बिहीबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ७२ अंकले घटेको छ । बिहीबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३६७ दशमलव ९८ विन्दुमा पुगेको छ ।