Dhulikhel Eco Banner new

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास जारी

3.94K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आधा आधा कार्यकालमा चलाउने गरि सहमित गर्ने प्रयास भइरहेको छ । निर्वाचनको दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ बीच आधा आधा कार्यकाल वरिष्ठ उपाध्यक्ष बन्ने गरी सहमतिको भएको हो ।

दिउसो २ बजेबाट दोस्रो चरणको निर्वाचन हुने बताइएको थियो । तर सहमतिको प्रयास भइरहेकाले अहिलेसम्म मतदान कार्य सुरु हुन सकेको छैन् । स्रोतका अनुसार आधा आधा कार्यकाल वरिष्ठ उपाध्यक्ष बन्ने सहमति नजिक पुगेको छ । तर त्यसरी सहमति बन्दा ३ वर्षको कार्यकालमा १८/१८ महिनाको कार्यकाल हुने छ । सुरुमा को र त्यस पछिका विषयमा विषयमा भने सहमति बन्न नसकेको स्रोतले जनाएको छ ।